काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए। सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।











