काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले सुरक्षित र सम्मानजक रुपमा बाँच्न पाउनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले सबैले सुरक्षित र सम्मानजक रुपमा बाँच्न पाउनुपर्ने भएकाले कुनै पनि प्रकारका भेदभाव नहुने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनपर्नेमा सरकार दृढ रहेको बताएका छन् । उनले संविधानले समाजवादोन्मुख व्यवस्था गरेका सन्दर्भमा क्रमिक रुपमा त्यो लक्ष्य हासिल गरिने बताए ।