काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६९ औँ बुद्धजयन्ती । बुद्धजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाउइदै छ । विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँने गर्दछन् ।
इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको छोराका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो। उमेर बढ्दै गर्दा उनी मानिसका दुःख देखेर चिन्तित बने र दुःखको निवारणको उपाय खोज्दै २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएको उल्लेख छ।
इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बौद्ध गयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे। बुद्धत्व प्राप्त गरेपछि नै उनी गौतम बुद्ध बनेका हुन्भन्ने मान्यता छ । बुद्धजयन्तीका अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ।











