एजेन्सी । भारतले केही दिनअघि पाकिस्तानमा हवाइ आक्रमण गरेपछि दुई देशबीच तनाव बढेको छ । त्यसपछि पाकिस्तानले लगातार आक्रमण शुरु गरेको छ । पाकिस्तानले लगातार ड्रोन र मिसाइल आक्रमण गरिरहेको छ ।

पाकस्तिानले बिहीबार मात्रै भारतका ३ राज्यका ११ शहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् भएको बताएको हो ।  भारतका जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया आक्रमण भएको बताइएको छ ।

त्यसैगरी पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण सहर पनि पाकिस्तानी ड्रोनको निसानामा परेका छन् । पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको तर भारतीय वायु रक्षा प्रणालीले त्यसलाई विफल पारेको दाबी गरिएको छ । पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको छ। राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गर्न लगाइएको छ।

पञ्जाब, जम्मू कश्मीर र राजस्थान उच्च सतर्कतामा छन्। पञ्जाबको जालन्धर र अमृतसरमा पूर्ण रूपमा अन्धकार छ भने बीकानेर र श्रीगंगानगरमा पनि पूर्ण रूपमा अन्धकार छ। जम्मू, किस्तवाड, अखनूर, साम्बा र पठानकोटमा पूर्ण ब्ल्याकआउट गर्न लगाइएको छ। आरएस पुरा सेक्टरमा पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको छ। धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्।

आतंकवादीहरुको समूहले कश्मिरको पहलगाममा एक नेपालीसहित २६ पर्यटकको हत्या गरेपछि भारतले त्यसको बदलामा पाकिस्तानमा हवाइ आक्रमण गरेको थियो । भारतीय हवाइ आक्रमणबाट करिव ३१ जनाको ज्यान गएको थियो भने ४६ बढी घाइते भएका थिए ।

आईपीएल खेल रद्द
पाकिस्तानले गरेको आक्रमणको बिचमा धर्मशालाको एचपीसीए मैदानमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बिचको खेल रोकिएको छ। मैदानका सबै फ्लडलाइटहरू निभाइएर सबै फ्यानहरूलाई मैदान खाली गर्न लगाइएको थियो ।