दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षामा गरिएको लगानीको अपेक्षाअनुसार प्रतिफल नआएको बताएका छन् ।
बिहीबार दाङको लमहीमा आयोजित “प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखबीच साझा सवालहरू” विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै आचार्यले लगानीको अपेक्षाअनुसार प्रतिफल नआएको भन्दै अब प्रतिफल दिने योजना बनाउनुपर्ने बताए ।
विद्यार्थी संख्या कम भएका विद्यालयहरूलाई गाभ्ने (मर्ज गर्ने) नीतिलाई निर्ममताका साथ कार्यान्वयन गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री आचार्यले लगानी अनुसारको प्रतिफल निस्कने गरेर योजना बनाएर अघि बढ्नुपर्ने परिस्थिति आएको बताए ।
मुख्यमन्त्री आचार्यले स्वास्थ्यको सन्दर्भमा स्थानीय तहमा निर्माणाधीन १५ बेडका आधारभूत अस्पतालहरूको सञ्चालन खर्च प्रदेश र स्थानीय सरकारले बोक्न नसक्ने भएकाले संघीय सरकारले नै जिम्मेवारी लिनुपर्ने बताएका थिए ।
