काठमाडौं । पूर्व सूचना तथा सञ्चारमन्त्री प्रदीप नेपालको निधन भएको छ । मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । नेपाल वामपन्थी नेता तथा बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने गर्दथ्ये ।

नेपाल नेकपा एमालेको नौ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । पछिल्लो समय नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सल्लाहकारको रुपमा थिए ।