काठमाडौं । नेपालमा अहिले बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव छ। यसको प्रभावले शनिबार बिहान देशैभरि मौसम आशिंकदेखि साधारणतया बदलीको अवस्था छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागको पनि एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागको एक-दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना छ।