काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै कारागारबाट पत्र पठाउने सर्वाेच्च अदालतका शाखा अधिकृत पक्राउ परेका छन् । चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका हुन् ।

सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ । २०८० जेठ १४ राष्ट्रपतिद्वारा दिइएको आममाफीको निर्णयलाई उल्ट्याउने गरी विष्टको नामबाट पत्र जारी भएको थियो । त्यही पत्रकार आधारमा प्रहरीले चौधरीलाई पक्राउ पनि गरेको छ । तर सर्वोच्चले चौधरीलाई छाड्न अर्को पत्र पठाएको छ । उनलाई छोडने तयारी भइरहेको छ ।