काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच भोलि बुधबार पार्टी एकता हुने भएको छ। कमलादिस्थित प्रज्ञा प्रतिष्ठानको हलमा बुधबार बिहान ११ बजे पार्टी एकताको घोषणा गर्ने कार्यक्रम छ ।
जनमत र नागरिक उन्मुक्ति दुई फरक पृष्ठभूमिबाट उदाएका दल हुन्। एकीकृत पार्टीको अध्यक्ष सिके राउत हुनेछन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्षको भूमिकामा हुनेछिन्।
