दाङ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका प्रभावकारी नभएको बताएका छन् । प्रेस युनियन दाङले आइतवार विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट प्रवक्ता महतले दुई ठूला राजनीतिक शक्तिहरु मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रुपमा सम्बोधन गर्न नसकेको बताए ।
पूर्वमन्त्री समेत रहेका महतले संक्षम योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गर्भनर नियुक्त हुनुपर्ने पक्षमा कांग्रेस रहेको भन्दै प्रधानमन्त्रीकै कारण गर्भनर नियुक्तिमा विलम्ब भएको बताए । सरकारले चाहे अनुसार काम गर्न नसक्दा जनतामा निरासा बढेको भन्दै महतले राजनीतिक नेतृत्वले अनावश्यक आस्वासन बाँढदै हिड्न हनुने बताए । जारी शिक्षक आन्दोलन, गर्भनर नियुक्ति सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य नगरेको समेत उनको भनाइ छ ।
एक अर्को प्रसंगमा नेता महतले सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै सम्बन्धित व्यक्तिबाटै असुलउपर गरी वचतकर्तालाई बचत फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताए । प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराइको अध्यक्षतामा भएको कार्यक्रमको सहजीरकरण सचिव अमर क्षितिज भण्डारीले गरेका थिए ।











