काठमाडौं । शिक्षक आन्दोलनका कारण अन्योल बनेको कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज विहान बसेको बोर्डको बैठकले बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको जानकारी दिदै बोर्डका अध्यक्ष महाश्रम शर्माले ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीलाई आग्रह गरे ।

बोर्ड बैठकले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालनको तयारी गर्न अनुरोध पनि गरेको छ ।