दाङ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको राम्रीदेखि सल्यान कपुरकोट सडकखण्ड दिउँसोको समयमा बन्द हुने भएको छ । सडक विस्तार तथा निर्माणको कार्य चलिरहेको हुँदा आजदेखि बैशाख १४ गतेसम्म दैनिक ७ घण्टा सडक बन्द हुने भएको हो ।

बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सडकखण्ड बन्द हुने सडक डिभिजन कार्यालय दाङका प्रमुख सिनियर डिभिजनल इन्जिनियर दीपेन्द्रबहादुर विष्टले जानकारी दिएका छन् ।

राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीदेखि सल्यानको कपुरकोट गाउँपालिकाको कपुरकोट बजारभन्दा केही दक्षिणको ४ किलोमिटर सडक खण्ड मर्मत तथा विस्तारको काम भइरहेको छ ।

बन्दको समयमा साना तथा अत्यावश्यक गाडीले वैकल्पिक सडकमार्ग पैंयाखोरिया–सातबास–किमुचौर– कपुरकोट सडक खण्ड प्रयोग गर्न सक्नेछन् ।