काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी नयाँ शैक्षिक सत्र २०८२ को लागि चाहिने आवश्यक सबै नयाँ पाठ्यपुस्तक छपाइको काम सकिएको जनाएको छ। लिमिटेडले सबै पुस्तक छपाइको काम सकिएको जनाएको हो।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्राविधिक निर्देशनालयका उपनिर्देशक तिलबहादुर अधिकारीका अनुसार नयाँ शैक्षिक सत्रलाई चाहिने १ करोड ७० लाख थान नयाँ पुस्तक छाप्नुपर्ने अनुमति जनक शिक्षाले पाएको थियो। यी सबै पुस्तक छपाइको काम सकिएको उनले जानकारी दिए।
