काठमाडौ. । मुख्य तीन दलका शीर्ष नेताहरुले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनका लागि पुनः ‘सर्च कमिटी’ गठन गर्ने सहमति गरेका छन्।
सिंहदरबारमा बसेको बैठकमा पुनः ‘सर्च कमिटी’ गठन गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्षका मुख्य नेता सहमत भएको प्रधानमन्त्री केपी ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिएका छन्।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहित गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरु शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेल सहभागी थिए।
