काठमाडौं । राप्रपाले फोहोर गरेबापत काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरीवाना तिरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जरिवाना स्वरुप महानगरको खातामा एक लाख रुपैयाँ आज दाखिला गरेको जानकारी दिएका छन् ।

आइतवार पूर्वराजा ज्ञानेन्द्र शालाई स्वागत गर्न आयोजित प्रदर्शनीका क्रममा सार्वजनिक क्षेत्रका सडकमा फोहोरमैला गर्नका साथै भौतिक क्षति पुर्याएको भन्दै महानगरपालिकाले राप्रपालाई एक लाख जरिवाना गरेको थियो ।

राप्रपाका प्रमुख सचेतक शाहीले रामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै प्रदर्शनमा क्रममा भौतिक क्षति र फोहोर भएको कुरा स्वीकार गर्दै विधिको शासन मानेर काठमाण्डौ महानगरको निर्णयलाई स्वीकार गरेर जरिवाना रकम दाखिला गरेको बताएका छन् ।