काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन्।काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। भ्याली पब्लिक स्कुलका सञ्चालक रहेका अधिकारी यसअघि केन्द्रीय उपाध्यक्ष थिए ।

अध्यक्षमा टीका पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए। उनलाई जिताउन नेकपा एमालेले आन्तरिक सर्कुलर नै गरेको थियो। तर विवाद बढेपछि पुरी पछि हटेका थिए। प्याब्सनको अधिवेशन आज उद्घाटन हुने भएको छ। मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अन्य पदाधिकारीमा पनि सर्वसम्मतको प्रयास भइरहेको छ।