काठमाडौँ । जनताको नासो फिर्ता चाहियो भन्दै राजा पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले राजाको पक्षमा नारा लगाउनुका साथै राजा छिट्टै फर्किने दाबी गरे । राज छिट्टै फर्किने भन्दै उनीहरुले नारायणहिटी खाली गर्न समेत माग गरेका थिए ।
राजनीतिक दलको अक्रमन्यताका कारण पछिल्लो समयमा यस्ता गतिविधि बढ्दै गएका छन् । एक भएर राजा फालेका राजनीतिक दलहरु पछिल्लो चरणमा जनताको भन्दा पनि आ-आफ्ना स्वार्थमा विभिाजित हुँदा उनीहरुको कार्यशैलीबाट जनता आजित हुदै गएका छन् ।











