दाङ । अमेरिका हिँडेका दाङका ३८ वर्षीय पूर्णबहादुर डाँगीको घानाको राजधानी आक्रामा बुधबार निधन भएको छ । हृदयाघात भएर डाँगीको त्यहाँस्थित एक होटलमा निधन भएको उनका साथीहरुले बताएका छन् ।

‘उनका साथीले होटलमा हृदयाघात भएर मृत्यु भएको बताएका छन् । पोस्टमार्टम रिपोर्ट आइसकेको छैन,’ गैरआवासीय नेपाली संघ घानाका अध्यक्ष विकास सुवेदीले भने, ‘मृत्यु भएको खास कारण मृत्यु प्रमाणपत्र आइसकेपछि मात्रै खुल्नेछ ।’उनको शव प्रहरी अस्पतालमा राखिएको छ ।

मलेसियाको रोजगारीबाट फर्केको केही समयपछि डाँगी अमेरिका जान ‘तल्लो बाटो’हिँडेका थिए । अमेरिका जान उनी घरबाट हिँडेको तीन वर्ष भएको उनका आफन्तहरुले बताएका छन् । विभिन्न एजेन्ट हुँदै घाना पुगेको उनको अमेरिका जानका लागि करोडभन्दा बढी खर्च भइसकेको आफन्त बताउछन् ।