नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले धर्मनिरपेक्षता नेपाली कांग्रेसको एजेण्डा नभएको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा गरेको कार्यकर्ता भेलामा नेता कोइरालाले धर्मनिरपेक्षता र संघीयताको विषयमा पार्टीको आधिकारिक धारणा भन्दा फरक भनाई कार्यकर्ता भेलामा राख्नुभएको हो ।

shekhar_koirala

कोइरालाले आगामी सरकारमा नेपाली कांग्रेसको नेतृत्व गर्नेले सबै पक्षलाई मिलाएर लैजान सक्ने बताउनुभयो । सरकारका मन्त्रीको काम प्रभावकारी बनाउनका लागि पनि सबै पक्षका नेता कार्यकर्तासँग समान व्यवहार गर्नुपर्नेमा नेता कोइरालाले जोड दिनुभयो ।।