राजविराज, १६ साउन ।  सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले सप्तारीको तिलाठीमा नेपालीमाथि भएको आक्रमणको दोषी दुवै देशका स्थानीय प्रशासन रहेको आरोप लगाउनु भएको छ ।

rajendra-mahato-1आज तिलाठी जानुभएका महतोले भारतीयले एकदर्फी रुपमा नेपाली भूमी मिचेर निर्माण गर्न लागेको बाँधको अवलोकन गर्नुभयो । अवलोकन पश्चात घटनास्थलमा पुगेका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष महतोले नेपाल सरकारको उदाशिनता र मधेसप्रतिको हेपहा प्रवृतिका कारण तिलाठी घटना भएको बताउनुभयो ।

उहाँले वर्षैं पुरानो तिलाठी समस्यालाई नेपाल सरकारले गम्भीरता पूर्वक नलिएको कारण पटक पटक तिलाठी बासिन्दाले दुःख भोग्नु परेको बताउनुभयो ।।