दाङ । तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । बुधबार बेलुकी सवा ७ बजे तुलसीपुर ८ चमीखोलामा रा ४ प ४४१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय कविराम चौधरीको मृत्यु भएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ ।
चौधरी तुलसीपुर उपमहानगरपालिका सरसफाइ कर्मचारी भएको खुलेको छ । उनी मोटरसाइकलको पछाडी सवार थिए भने मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका – ८ का ४८ वर्षीय लक्ष्मिप्रशाद थारुले चलाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुवै जना घाइते भएका थिए। तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि उनीहरूलाई बाँकेको नेपालगञ्जस्थित नरसिंहहोममा रेफर गरिएको थियो। उपचारको क्रममा कविरामको बिहान २ बजे मृत्यु भएको हो।











