दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन २ गतेदेखि जारी ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय खुल्ला दोहोरी प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान दाङ (ए) प्रथम भएको छ।

प्रतियोगितामा द्वितीय स्थान ॐ संगीत कला केन्द्र, तृतीय स्थान राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान दाङ (बी), र सान्त्वना स्थान राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान कपिलवस्तु ले प्राप्त गरेको प्रतियोगिता संयोजक राजेन्द्र दाहालले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ समूह प्रतियोगितामा सहभागी भएका थिए।

प्रतियोगितामा प्रथम पुरस्कार रु। ५१ हजार , द्वितीय रु। ३५ हजार ,तृतीय रु। २५ हजार र सान्त्वना रु। १५ हजार नगदसहित मेडल, शिल्ड, र प्रमाणपत्र प्राप्त गरेका थिए

लोकप्रिय गायिका बिन्दु परियारको प्रस्तुति

महोत्सव अन्तर्गत बिहीबार गायिका बिन्दु परियारले दमदार प्रस्तुति दिएकी छिन्। उनले तिमिले त मायामाू, घरबारमाू, पर्ख पर्ख मायालुू, पहिलो नम्बरमाू, म के गरौं लगायत दर्जनभन्दा बढी लोकप्रिय गीत गाएकी थिइन्।

त्यसैगरी, बिहीबारकै कार्यक्रमअन्तर्गत भागीरथ चलाउने, बिपिन घिमिरे, कमल वि।सी ९माल्दाइ०, नेहार बुढाथोकी, तिर्सना मगर, ममता चौधरी, र शोभा त्रिपाठी लगायतका कलाकारहरूले पनि प्रस्तुति दिएका थिए।

शुक्रबार टीका प्रसाईं र विष्णु खत्रीको प्रस्तुति

महोत्सवको १५औं दिन शुक्रबार ९फागुन १६० गायिका टीका प्रसाईं, विष्णु खत्री, कला लम्साल, सन्दीप न्यौपाने, यादवनाथ योगी, नारायणी खत्री, दीपा बुढा, शोभा त्रिपाठी, र बिमल मगर को प्रस्तुति रहने महोत्सव आयोजक दाङ उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ।

ूउद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकासू भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव फाल्गुन १८ गते सम्म चल्ने छ ।