इन्द्रेणी संवाददाता
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा फागुन २ गतेदेखि जारी महोत्सवमा ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा आज मंगलवार जनवादी गायक जीवन शर्मा आउदैछन् । शर्माले रङ्गीन दुनियाबाट टाढा रहेर विशेष गरी जनताका जीवनसँग सम्बन्धित क्रान्तिकारी गीतहरु गायका छन् ।
गायक शर्माका गीत सुनेर जसले जीवन र जगत्को अर्थ बुझेका छन् पीडा र पीडकको सम्बन्ध बुझेका छन् ती व्यक्तिहरु धुरुधुरु रोएका देखिन्छन् भने कतै उनका जोसिला प्रस्तुति सुनेर पीडाले भुक्त भएका मनहरु पनि मुट्ठी कसेर गन्तव्य थिचोलेको देखिन्छ ।
महोत्सवको १२ औ दिन मंगलवार गायक जीवन शर्मासँगै अर्जुन सापकोटा, मधु रसाईली, बिन्दा परियार, अस्मीता राना, दिला घरच्वार, शान्तराम सेञ्चुरीको प्रस्तुति रहनेछ । यस्तै बुधवार शिवरात्रीको दिन लोकदोहोरी लोकप्रिय गायक कुस्कल शर्माको प्रस्तुति रहने दाङ उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिएका छन् ।











