काठमाडौं । भाषाविद् चूडामणि गौतमको निधन भएको छ । ‘ग्रामर गुरु’ भनेर चिनिने गौतमको ८१ वर्षको उमेरमा सोमबार साँझ काठमाडौंमा निधन भएको हो ।
उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । फोक्सोमा पानी जमेर उनी दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचाररत थिए ।
तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम ग्रामरका नामले चिनिन्थे । गौतमले लेखेको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो । बृहत्तर नेपाली शब्दकोश उनको पछिल्लो पुस्तक हो । अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान थियो।











