घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त तीन जना चर्चीत कलाकारहरुले प्रस्तुति राखेका छन् ।
‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा सोमवार लोकदोहोरी क्षेत्रका लोकप्रीय गायक खुमन अधिकारी, युवा पुस्तामाझ लोकप्रीय गायिका सिर्जना खत्री (हाउडेमाया) ले आफ्नो प्रस्तुति राखेका थिए ।
महोत्सवमा लोकप्रीय गायक खुमन अधिकारीले हान हान दोहोरीमा र्याप, मायालुले भिरेको झोला मैले भिर्न होला कि नहोला, अच्छा लेकिन लाहुरे म त लाहुरे गोर्खा पल्टनको, चौधै अञ्चल ससुराल, कोरोना लाछैन लगायतका गीतहरू प्रस्तुत गरेका थिए ।
गायिका सिर्जना खत्री (हाउडेमाया) ले पनि आफ्नो चर्चीत गीत मेरो एक्सको छम्मा लगायतका गीतहरु प्रस्तुत गरे । उनको ¥यापसहितको गीतमा युवा पुस्ताहरु झुेमेका थिए । उनले शिकारी नारी, हाउडे माया, लाहुरे माया लगायतका गीतहरु प्रस्तुत गरे । सोमवार कलाकारहरु लेखिना राई, यागेश्वर बस्नेत, लक्षिमान चौधरी, उमादेवी खनाल लगायतले प्रस्तुति रहेको थियो ।
महोत्सवमा प्रवेशकालागि प्रतिव्यक्ती १ सय, विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८०, अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । महोत्सवमा कृषी, पर्यटन तथा व्यवसायिक गरि ४ सय बढि स्टलहरु रहेका छन् । महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको कारोबार गर्ने लक्ष्य रहेको छ ।
मंगलवार राधिका हमाल
महोत्सवमा मंगलवार पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने छ । वुधवार गायिका राधिका हमाल, गायक कृष्ण रेउले, गायक नवीन पौडेल, लेखिना राई, राजकुमार वली, सुशीला थापा, राशी रिजाल लगायतको प्रस्तुति रहने आयोजक मूल समितिका संयोजक वसन्त जोशीले जानकारी दिए ।
