इन्द्रेणी संवाददाता
दाङ । बेला-बेलामा सुरुङमार्ग र पानीजहाजका कुरा उठाएर चर्चा बटुल्ने गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले दाङमा आएर सुरुङमार्गको विषयवस्तु छोडेनन् । दाङको घोराहीमा आज सोमवार आयोजना गरेको एमालेको जनसभालाई सम्बोधन गर्दै ओलीले आफ्नो योजना दाङ–देउखुरी सुरुङ बनाउने भएको बताए ।

दाङ र देउखुरीलाई जोड्ने सुरुङमार्गले जोड्न सके सहज र यात्राको समय छोट्याउन सकिने भन्दै यो योजना भने तत्काल नभएर निकट भविश्यको भएको बताए । ‘दाङ–देउखुरी भ्याली जोड्ने सुरङ बनाउने सकिन्छ’, उनलो भने, ‘मेरो योजनामा यहाँ सुरुङ बनाउने सोच छ, तर अहिले तत्काल त बन्दैन ।’ उनले आजको समयमा पाजीजहाज पनि नौलो नभएको बताए ।

प्रधानमन्त्री ओलीले तुलसीपुरस्थित टारिगाउँ विमानस्थलको पनि स्तरोन्नती हुने बताए । चालु आर्थिक वर्षमा सो विमानस्थलको लागि बजेट विनियोजन नभएपनि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर टरिगाउँ विमानस्थलको विकास र स्तरोन्नती गरिने ओलीले बताए ।