Prime Minister KP Sharma Oli at an interaction with the Reporters' Club Nepal Deusi Bhailo team, in Kathmandu, on Friday, November 13, 2015. Photo: RSS

इन्द्रेणी संवाददाता
दाङ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दाङ आउँदैछन् । घोराहीमा आयोजित एमालेको जनसभा, लुम्बिनी प्रदेश सभाको बैठकलगायतका कार्यक्रममा सहभागी हुन ओली दाङ आउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले विहान साढे ११ बजे लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि घोराहीमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा हुने जनसभाको तयारी पूरा भएको एमाले दाङले जनाएको छ । जनसभा शुरु हुनु अघि घोराहीका विभिन्न क्षेत्रबाट ¥यालीको आयोजना गरिएको छ । सभामा करिव ५० हजार जनता उतार्ने एमालेले जनाएको छ ।