घोराही । भोलि पर्न गएको ३० औं जनयुद्ध दिवसको अवसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोराहीस्थित भानुचोकमा जेब्रा क्रसिङ गरेको छ । नेकपाको घोराही नगर समितिले आज बुधवार क्रसिङ बनाएको हो ।

बजारको मुख्य चोकमै जेब्रा क्रसिङ मेटिएसँगै पैदल यात्रुहरूलाई आवातजावत समस्या भएको भन्दै जेब्रा क्रसिङ बनाइएको नेकपाका घोराही नगर इञ्चार्ज पाटनले बताए । सडकमा जेब्रा क्रसिङ मेटिदा पैदलयात्रुले जथाभावी बाटो काट्ने गरेको र त्यसले दुर्घटना निम्त्याउन सक्ने भन्दै पार्टीले जनयुद्ध दिवसको अवसरमा जेब्रा क्रसिङ बनाएको उनले जानकारी दिए ।