इन्द्रेणी संवाददाता
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आउँदो फागुन २ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने ‘छैठौं कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी तीब्र रुपमा भइरहेको छ ।

महोत्सवस्थल घोराही–१४, झिँगौरामा स्टल व्यवस्थापन, जरपली, फिस टनेल, पिङ, बाल उद्यानलगायत संरचनाहरूको निर्माण धमाधम भइरहेको छ । भौतिक संरचनाको काम अरिव अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
त्यस्तै महोत्सवको दिन नजिकिँदै गर्दा प्रचारप्रसारमा तीब्रता दिइएको छ ।

घोराही बजारसहित दाङका विभिन्न मुख्य स्थानहरूमा ब्यानर टाँस्ने, माइकिङ गर्ने तथा प्रचार सामग्री वितरण गर्ने कार्य भइरहेको प्रचारप्रसार उपसमितिका संयोजक युवराज पोख्रेलले जानकारी दिएका छन् । साथै, विभिन्न सञ्चार माध्यममार्फत पनि प्रचार अभियान सञ्चालन भइरहेको छ ।

महोत्सव सञ्चालनको दिन आउँन केही दिन मात्रै बाँकी रहदा महोत्सवको तयारी तिब्रताका साथ भइरहेको आयोजक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ ।