काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेपछि त्यस क्षेत्रमा डुवान नै परेको छ ।

पाइप फुटेपछि बबरमहल क्षेत्र बुधबार दिउँसो डुबानमा पर्यो । काठमाडौँ जिल्ला अदालत, विशेष अदालत लगायत कार्यालयहरू डुबानमा परेपछि त्यहाँ रहेका कर्मचारी र सर्वसाधारणलाई उद्धार नै गर्नुपरेको थियो भने कागजातहरू पनि सुरक्षित स्थानमा सारिएको थियो । तर अहिले करिब ५० प्रतिसत पानी घटिसकेको छ ।

 

तस्विर : रातोपाटी