काठमाडौँ । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी एक करोड २३ लाख रकम ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ५ बाँकेकी २३ वर्षीया तिर्सना बाठा मगर रहेकी छन् । उनले वर्किङ भिसामा जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गरेको प्रहरीले बताएको छ ।
विभिन्न व्यक्तिहरुबाट सो रकम लिएर उनी तीन महिनादेखि बेपत्ता भएकी थिइन् ।











