दाङ । आउँदो फागुन २ गतेदेखि १८ गतेसम्म घोराहीमा हुने ‘छैठौं कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८१’ अवलोकनका लागि टिकट शुल्क निर्धारण गरिएको छ ।
‘उद्योग, व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराकोसाथ घोराही १४ झिँगौरामा हुने महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई १०० रुपैया र परिचयपत्र लिएर आएका विद्यार्थीलाई ८० रुपैया शुल्क निर्धारण गरिएको छ ।
महोत्सव अवलोकनका लागि ज्येष्ठ नागेकनरिक, अपांग र अशक्तलाई निःशुल्क गरिएको टिकट व्यवस्थापन उपसमितिका संयोजक माधव खनालले जानकारी दिएका छन् । महोत्सव फागुन २ गते देखि १८ गते सम्म चल्नेछ ।











