काठमाडौं । संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् ।

अन्तरजातीय विवाहित जोडी सत्येन्द्र र नेहाको न्याय माग्दै सोमबार दिउँसो संसद भवन पुगेका सुनार संसद भवन प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनलाई घाँटीमा नेल लगाएर प्रहरी वृत नयाँ बानेश्वर लाइएको थियो । निषेधित क्षेत्र तोड्न खोजिएकाले उहाँलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।