इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर बस्ने २१ वर्षका सन्देश श्रेष्ठ र रोल्पा रुन्टीगढी गाउपालिका २ घर भई हाल घोराही १४ नयाँ बजार बस्ने २१ वर्षकी समीक्षा पुन मगर रहेका छन् ।

उनीहरुलाई घोराहीको मिलनचोक नजिकै संकास्पद रुपमा हिडिरहेका अवस्थामा प्रहरीले खान्तलासी लिदा समीक्षाको साथबाट ७२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । साथै उनीहरुबाट नगद चार हजार पाँच सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । उनीहरुलाई मंगलवार दिउँसो पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहीले जानकारी दिएका छन् ।