इन्द्रेणी संवाददाता
दाङ । आज वसन्त पञ्चमी । आजकै दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ । विशेष गरी विद्यालय, शिक्षण संस्था, पाठशालालगायतमा विद्याकी देवी सरस्वतीको पूजाआजा गरिन्छ ।
हिन्दू सनातन धर्ममा श्री पञ्चमी वा बसन्त पञ्चमीमा सरस्वतीलाई विद्या, कला र संगीतकी देवीका रुपमा पूजाआजा गर्ने चलन रहिआएको छ ।
आजकै दिन आफ्ना नानीबाबुको विद्याको औपचारिक सुरुवात गर्ने अक्षराम्भ बगाउने चलन पनि छ । आज देशैभर विभिन्न कार्यक्रम गरी सरस्वती पूजा गरिएको छ यससँगै बसन्त ऋतुको सुरु हुने गर्छ ।
