घोराही । प्रेस सेन्टर नेपाल दाङको बैठक घोराही सम्पन्न भएको छ । बैठकले यही माघ २८ गते हुने लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ । बैठकले प्रतिनिधिका रुपमा गोबिन्द खड्का, केशरमान बुढाथोकी, राकेश बस्नेत, चन्द्र खनाल, सन्तोष अधिकारी, चुमा आचार्य, अनिता पोखरेल, ईराधा झाँक्री, शिबु खनाल, शान्तराज बुढा, र सागर सुबेदीलाई पठाउने निर्णय गरेको छ ।
बैठकले प्रकाशन बिभाग,आर्थिक बिभाग, संञ्चार तथा सूचना प्रविधी बिभाग र तालिम बिभाग गठन गरेको छ । संगठनका अध्यक्ष जनक नेपाली संयोजक रहेको प्रकाशन बिभाग गठन गरेको हो । जसको सदस्यमा उपाध्यक्ष जीवन नेपाली, सचिव दीपक बोहरा र कार्यालय सदस्य शान्तकुमार बुढा सदस्यका रुपमा रहने निर्णय गरेको छ । कोषाध्यक्ष दीपक ओली संयोजक सदस्यहरु तुलबहादुर कवँर,आलोक भाबुक,मदन बिक मुस्कान सदस्य रहेको आर्थिक बिभाग गठन गरिएको छ । सचिव दीपक बोहरा संयोजक र सदस्यहरुमा सन्तोष डाँगी,हेमराज परिर्वतन र मधुुसुधन गिरी सदस्य रहेको सञ्चार तथा सूचना प्रविधी बिभाग गठन गरेको छ ।
उपाध्यक्ष पुष्पा पौडेल संयोजक र सदस्यहरु गिरीराज नेपाली,टेकराज भण्डारी र बिरेन्द्र ओली सदस्य रहेको तालिम बिभाग गठन गरेको छ । बैठकले संगठनको कामलाई छिटो छरितो र चुस्तदुस्त बनाउँन अध्यक्ष जनक नेपाली,उपाध्यक्ष जीवन नेपाली,उपाध्यक्ष पुष्पा पौडेल,सहसचिव सन्तोष डाँगी गिरीराज नेपाली कोषाध्यक्ष दीपक ओली र शान्तकुमार बुढा रहेको आँठ सदस्य सचिवालय कमिटी गठन गरेको छ । बैठकले जिल्ला कार्य समिति सदस्य शान्तकुमार बुढालाई पदाधिकारीको जिम्मेवारी दिने गरी जिल्ला कार्यालय सदस्यका रुपमा मनोनयन गर्ने निर्णय समेत गरेको छ ।
तीन बर्षेको अबधिमा गर्ने कामको प्रस्ताब पेश गर्दै संगठनका अध्यक्ष जनक नेपाली जिल्ला दशवटै स्थानीय तहमा पत्रकारिता तालिम संचालन गर्ने, संगठनको मुखपत्र हाम्रो कमल प्रकाशन गर्ने, संगठनको नाममा करिब तीन लाख रुपैयाँ बराबरको अक्षकोष स्थापना गर्ने बताए ।
