इन्द्रेणी संवाददाता
दाङ । प्रेस चौतारी नेपाल दाङको अध्यक्षमा सुधा सुमन ढकाल निर्वाचित भएकी छन् । आज घोराहीमा सम्पन्न चौतारीको दशौं जिल्ला अधिवेशनबाट अध्यक्षमा ढकाल निर्वाचित भएकी हुन् ।

त्यस्तै उपाध्यक्षमा विमल योगी, महिला उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा निमुसंगम घर्ती, सहसचिवमा सन्तोष खनाल, समावेशी सहसचिवमा भ्यूमान पुन मगर र कोषाध्यक्षमा चन्द्रप्रकाश नेपाली चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा महेश बस्नेत, सुशीला परियार, रामप्रसाद सुवेदी, चेतन वली, दिपक वली, कपिल लामिछाने, अनुप आचार्य, कैलाश घर्ती मगर, अभिशेक डाँगी, हिमाल विश्वकर्मा, अशोक नेपाली, अरुण नेपाली, सुरक्षा चौधरी, निशा कुमारी चौधरी, प्रेमकुमारी बुढा, हिमाल खड्का, शैलेश अधिकारी, रमा नेपाली, राज कुमार विश्वकर्मा र दिपक चौधरी चयन भएका छन् ।

अधिवेशनले प्रदेश प्रतिनिधिमा शान्ता खनाल, दिपक जिएम, माधव कँडेल, वासुदेव न्यौपाने, नवराज शर्मा र निता चौधरी चयन गरेको छ । त्यस्तै दिप्तीशिखा चौधरी, प्रेम बहादुर राम्जा, पाण्डव शर्मा, दुर्गालाल केसी, गोकर्ण पौडेल र वसन्त विवश आचार्यलाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।

अधिवेशनको उद्घाटन सत्र चौतारीका अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षता तथा प्रमुख वक्ता नेकपा एमालेका पोलिटप्यूरो सदस्य एवं दाङ जिल्ला इञ्चार्ज नरुलाल चौधरी र प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख अतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख वक्ता चौधरीले पछिल्लो चरणमा जनतालाई भ्रम पार्ने सूचना सम्प्रेसन हुने गरेको भन्दै सत्य तथ्य समाचार निष्पक्ष भएर सम्प्रेसन गर्न पात्रकारहरुलाई आग्रह गरेका थिए । प्रमुख अतिथि प्रियासनले पत्रकारहरुले नागकिरलाई सत्य तथ्य समाचार सम्प्रेसन गर्नुका साथै पत्रकारहरुले देशको संमृद्धिका लागि पनि महत्वपर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, मोर्चा विभाग प्रमुख मनोहर बुढाथोकी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, महासंघ लम्बिनी प्रदेश महासचिव पाण्डव शर्मा, मिलन गाह, प्रेस युनियनका आरके शितल, प्रेस सेन्टर घोराहीका अध्यक्ष हेमराज परिवर्तन, जनपत्रकार संगठनका उपाध्यक्ष जंग रेउले, प्रगतिशील पत्रकार संघका अध्यक्ष महेश रिजाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा विभिन्न सञ्चारकर्मी, सञ्चारमाध्यम र संघसंस्थाहरुलाई पुरस्कृत एवं सम्मान गरिएको थियो । चौतारीका उपाध्यक्ष सुधा सुमन ढकालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गरेका थिए ।