इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका ३ मसुरिया घर भई हाल घोराही उपमहानगरपालिका १३ प्रगतिटोल बस्ने २२ वर्षका चिन्तन केसी र घोराही १३ डुम्मरगाउँ बस्ने १९ वर्षका मनोज बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विशेष सूचनाका आधारमा उनीहरुसम्म पुगेको प्रहरीले खानतलासी लिदा केसीले जुत्तामा लुकाइ राखेको अवस्थामा १९० मिलिग्राम ब्राउन सुगर र मगरबाट १७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । साथै प्रहरीले केसीको साथबाट नगर चार हजार पाँच सय बरामद गरको छ ।

प्रहरीले उनीहरुले प्रयोग गरेको लु १८ प ३७७० नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल र एक थान मोवाइल समेत नियन्त्रणमा लिएको छ । प्रहरीले विहीबार साढे ४ बजेतिर नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहीले जानकारी दिएका छन् ।