काठमाडौं । संसद अधिवेशनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ। सिंदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेकत हितराज पाण्डेले बताएका छन् ।
बैठकमा मुख्यगरी शुक्रबारदेखि सुरू हुने संसद अधिवेशनबारे, सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे छलफल हुने प्रमुख सचेतक पाण्डेले जानकारी दिएका छन्।











