इन्द्रेणी संवाददाता
दाङ । घोराही उपमहानगरपालिकाले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाको ४७ औं स्थापना दिवस मनाएको छ ।

उपमहानगरपालिकाका कार्यवहाक नगरप्रमुख हुमाकुमारी डिसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि दाङ जिल्ला समन्वय समितिका सभापति नित्यानन्द शर्माले गरेका थिए ।

स्थापना दिवकाको अवसरमा लेखनीको माध्यमबाट उपमहानगरपालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तीन जना पत्रकारलाई सम्मान गरिएको छ । उपमहानगरपालिकाले गोरक्ष दैनिकका पत्रकार लिलाधर ओली, रेडियो मध्यपश्चिमकी भावना सुवेदी र पत्रकार दिपक ओलीलाई सम्मान गरिएको हो । पत्रकारहरुलाई दोसल्ला, प्रमाणपत्र र नगद राशीले सम्मान गरिएको हो ।

त्यसैगरी सो अवसरमा उपमहानगरपालिकाभित्र रहेका एक सय वर्षभन्दा माथिका दश जना ज्येष्ठ नागरिक, उपमहानगरपालिकाका विभिन्न कर्मचारीलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, काग्रेसका बालिका लम्साल, एमालेका मनोहर बुढाथोकी, माओवादीका बसन्त चौधरी, नागरिक समाजका नारायण प्रसाद श्रेष्ठलगायतले शुमकामना मन्तव्य व्यक्त गरेका थिए ।