काठमाडौं । गौशालाका प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार धरौटीमा रिहा गरेको छ।
आफूलाई अभियन्ता बताउने तामाङ १० हजार धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । तर उनले धरौटी बुझाएपनि प्रहरीले उनलाई पुनः पक्राउ गरी जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाउने भएको छ।
उनीविरूद्ध भक्तपुर परिसरमा आपराधिक उपद्रवको कसुरमा मुद्दा छ। केही समयअघि साँगाको झोलुंगे पुलमा अवरोध पुर्याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको भन्दै आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो। तामाङलाई प्रहरीले माघ २ गते पक्राउ गरेको थियो ।
