दाङ । दाङको तुलसीपुरस्थित एनएमबी बैंकको शाखामा चोरी गर्दै गर्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तुलसीपुर १८ दुधरासका २७ वर्षका सन्तोष चौधरी आज आइतबार बिहान २ बजेतिर तुलसीपुर ५ क लाइनमा रहेको एनएमबी बैंकमा गर्दै गर्दा पक्राउ गरेको हो ।

प्रहरीले चौधरीलाई बैंकको च्यानल गेटको ताला तोडेर भित्र प्रवेश गरिसकेको अवस्थामा पक्राउ गरेको हो । बैंकमा चोरी भइरहेको सूचना पाएपछि तत्कालै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वमा गएको प्रहरीको टोली उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले चौधरीको साथबाट हतौडा, छिना, प्लास, ह्याक्सा ब्लेड लगायतका औजारहरु पनि बरामद गरेको छ । उनी सवार रा ५ प ९७९ नम्बरको स्कुटीसहित चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।