रुकुम। रूकुम पश्चिममा एक प्रेम जोडी मृत फेला परेका छन् । प्रेम विवाह गर्न भागेका त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँका १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर मृत भेटिएका हुन् ।
उनीहरु शनिबार बिहान लोकेन्द्रको अस्थायी टहरामा दुवै जना मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । चार दिन अघि विवाहका लागि लोकेन्द्रले सपनालाई विवाह गर्ने भनी भगाएर ल्याएको बताइएको छ ।
लोकेन्द्रको आमा बिरामी भएपछि उपचारका लागि नेपालगञ्ज लगिएको थियो । उनी श्रमानसँग उपचारका लागि नेपालगञ्जमा छन् । प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ। लोकेन्द्र झुन्डिएको अवस्थामा फेला परेका थिए भने सपनाको शव भने भुइँमा रहेको प्रहरीले जनाएको छ।











