दाङ । सडक मानवहरुको लागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा यही माघ १७ गतेदेखि घोराहीमा हुने महायज्ञस्थलको सरसफाइ गरिएको छ ।

सडक मानव तथा सार्वजनिक स्थलहरुमा अलपत्र, बेवारिसे अवश्थामा रहेका खाना, नाना र छाना बिहिन वेवारिसे सडक मानवहरूको सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा माघ १७ गतेदेखि २४ गतेसम्म ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ सञ्चालन हुने कर्मचारी मिलन केन्द्रको प्रांगण सरसफाइ गरिएको हो ।

महायज्ञ स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका लगायतको उपस्थितिमा महायज्ञ स्थलको सरसफाइ गरिएको थियो । सरसफाइ व्यवस्थापन उपसमितिका संयोजक सुवोध रेग्मीको नेतृत्वमा सरसफाई गरिएको थियो । जसमा महायज्ञ आयोजक मूल समिति संयोजक एवं उपसमिति संयोजकहरुको सहभागिता रहेको थियो ।

मानव कल्याण समाजले घोराही उपमहानगरपालिका वडा न. १० नारायणपुरमा सञ्चालन गरेको मावस सेवा घरमा रहेका खाना, नाना र छाना बिहिन मानवहरूका लागि दिगो आर्थिक व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञको वाचिकामा मानव कल्याण समाजको संस्थापक अध्यक्ष देवी श्री सुमी मानव रहेका छन् ।