दाङ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले ५५ लाख मूल्यको धान खरिद गरेको छ । कम्पनीले कात्तिक २१ गतेदेखि पुस मसान्तसम्म जिल्लामा किसानबाट ५५ लाख ६६ हजार चारसय ६४ रुपियाँ मूल्यको एक हजार ६ सय ३२ क्विन्टल १५ केजी धान खरिद गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तिलक सुनारका अनुसार जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको खाद्यले २० प्रतिशत अर्थात एक हजार ६ सय ३२ क्विन्टल १५ केजी मात्र धान खरिद गर्न सफल भएको हो ।

जिल्लामा किसानसँग प्रतिक्विन्टल तीन हजार चारसय १० रुपियाँ ५१ पैसाका दरले धान खरिद गरेको कम्पनीले जनाएको छ । कम्पनीले यो बर्ष देउखुरीको गढवा र राजपुर गाउँपालिकासँगै तुलसीपुर उपमहानगरपालिकाबाट मात्र धान खरिद गरेको छ । कम्पनीले गढवा र राजपुर गाउँपालिकाबाट एक हजार ६ सय २५ क्विन्टन र बाँकी धान तुलसीपुर उपमहानगरपालिकाबाट खरिद गरेको जनाएको छ ।