कृष्णदेव थापा
भारतको इन्दिरा गान्धी इन्डोर स्टेडियमा भईरहेको खो खो विश्वकप २०२५मा नेपालको दुवै पुरुष र महिला टिम फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो पटक आयोजना भइरहेको विश्वकपको सेमिफाइनल खेलमा नेपालको महिला टिमले युगान्डामाथि भारि अन्तर ८९–१८ को जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ । गु्रप सि को बिजेता नेपाल महिला टिमले यस विश्वकपको क्वाटरफाइनलमा इरान माथि १०३–८ को जित निकालेको थियो भने गु्रप स्टेजका खेलहरुमा भुटान (८३–२४), जर्मनी (६६–२२), श्रीलंका (११०–१०) र बंगलादेश (८३–२४) देशहरुलाई पराजित गरेको थियो ।
यस्तै नेपालको पुरुष टिमले पनि सेमिफाइनल खेलमा इरानलाई ७२–२० ले हराउदैँ जारी खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । यस अघि नेपाल पुरुष टिमले क्वाटरफाइनलमा बंगलादेश माथि ६७–१८ ले जित हसिल गरेको थियो । गु्रप ए को उपबिजेता रहेको नेपाल पुरुष टिमले गु्रप स्टेजका खेलहरुमा पेरु (८०–३४), ब्राजिल (१३४–८) र भुटान (९८–८) देशहरुलाई पराजित गरेको थियो ।
भोलि जनवरी १९ मा नेपालको दुबै महिला र पुरुष टिमले फाइनलमा भारत सँग भिडने छन् ।
