प्यूठान । प्यूठानमा फोहोर संकलन गर्न राखिएको डस्टविनमा नवजात शिशुको शव फेला परेको छ ।

सरुमारानी गाउँपालिका वडा नं. २ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा सालनालसमेत नकाटिएको अवस्थामा नवजात शिशुको शव भेटिएको हो ।

स्थानीयवासीले डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले त्यो नवजात शिशु कसले, किन फाल्यो भन्नेबारे अनुसन्धान सुरु गरेको बताएको छ ।