काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । गएराति १ बजेदेखि लागु हुने गरी मूल्य बृद्धि गरेको हो ।
निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिअनुसार पेट्रोलको मूल्यमा २ रुपियाँ बृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँको दरले बृद्धि भएको छ । इण्डियन आयल कर्पोरेशनले १५ जनवरी २०२५ बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यसूचि पठाएपछि सोअनुसार मूल्य बृद्धि भएको निगमले जनाएको छ ।
अब पेट्रोलको प्रतिलिटर १६५ रुपैयाँसम्म पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १५६ रुपैयाँ पुगेको छ ।
