काठमाडौं । आज बिहान काठमाडौंलगायत पूर्वी क्षेत्रमा भूकम्पको ठूलो धाक्का महसुस गरिएको छ । विहान करिव ६ बजेर ५० मिनेट जाँदा आएको भूकम्पले केहीवेर मानिसहरुमा कोलाहलनै मच्चिएको थियो ।

भूकम्प चीनको तिब्बतमा ७ म्याग्निच्युडको गएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा रहेको पुष्टि भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि नागरिक घरबाहिर निस्किएका छन् । भूकम्पले उत्तरी क्षेत्रमा क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।