इन्द्रेणी संवाददाता
दाङ । गएको संसिर ६ गते घोराही उपमहानगरपालिका वडा नं. १५ विपी चोक बस्ने वर्ष ५८ का धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षकी माधवा बस्नेतमाथि धारिलो हतियार प्रयोग गरी नाक काटेर घाइते बनाएर फरार रहेका नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दाङ जिल्ला सेक्रेटरी अमर बताउने अमर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
खड्कालाई घोराही १९ बाट प्रहरीले बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खड्काविरुद्ध सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय दाङबाट पक्राउ अनुमति लिई उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खड्काले गएको मंसिर ६ गते घोराही १५ ओमशान्ति टोलमा सडकमा हिडिरहेको अवस्थामा बस्नेत दम्पत्तीमाथि धारिलो हरितार प्रहार गरेका थिए ।











